Ticker

10/recent/ticker-posts

Notice Board

 


नमस्कार । यहाँहरुलाई हार्दिक स्वागत गर्दछौं । यहाँहरुले लेखेका/रचना गरेका कुनै पनि साहित्यीक रचना छन भने हामीलाई पठाउनु भयो भने हामी पाठक सम्म पुर्‌याउने छौँ । ठेगाना dhanulekali@gmail.com

मनकुमार जुग्जाली मगरको कविता "चालक र म"




 

चालक र म   (फुटकर कविता)

प्रीय मित्र! चालक गन्तव्यका साधक हामी उस्तै हौँ हाम्रो पेशा मिल्छ हाम्रो भेषभुषा मिल्छ गालीको भाषा मिल्छ हाम्रो विशेषता मिल्छ । हामी दुबैलाई हतारो छ हामी दुबैलाई चटारो छ तर हाम्रा यात्री निश्चिन्त छन् हामी दुबै मुसादेखि मन्त्रीसम्म बोक्छौँ । तिम्रा यात्रीले तिमीलाई चिन्दैनन् मेरा विद्यार्थीले मलाई गन्दैनन् तिमी तिम्रा यात्रीलाई सिट दिन्छौ म मेरा विद्यार्थीलाई सिप दिन्छु । तिमिले दिनदिनै क्यूमा बस्छौ म प्रत्येक ४५ मिनेटमा क्युमा बस्छु । हामी दुबै धुलो खान्छौ तिमी सडकको म चकको हामी दुबै गन्ध लिन्छौ तिमी डिजेल र पेट्रोलका म मार्करका मसिका म ट्युसनका कोर्स नमेट्दै फि थाप्छु तिमी गन्तव्यमा नपुर्याउँदै फि माग्छौ । त्यसैले तिम्रा यात्री चढेका फि दिन कचकचाउँछन्  मेरा विद्यार्थी ट्युसनका फि दिन हिचकिचाउँछन् । हामी दुबै फुर्सद पाउना साथ सुर्ती खान्छौँ  अनि पिचिक्क थुक्छौँ  तिमी बसका झ्यालबाट म कक्षाका झ्यालबाट तर हामी दुबै हाम्रा यात्रीलाई खान दिन्नौँ । तिमीलाई आयोग पास गरेका ट्राफिकले हप्काउछँन्  तर मलाई पढेका र नपढेका दुबै ट्राफिकले हप्काउँछन दुबैलाई बिना कारण ! दुबैका यात्री गन्तव्य पुरा गर्छन् अनि कुद्छन तर हामी मेसिनका इन्जिन थोत्रा भए पनि दुबै कुदेका कुदै छौँ तिमी १६ वर्षदेखि एउटै मेसिन कुदाउछौ तर म ६० वर्षसम्म एउटै मेसिन दौडाउँछु । हामी दुबैका मेसिन थोत्रा छन् हामी दुबैका मेसिन झुत्रा छन् । तर हामीलाई कुदाउनकै हतारो छ हामीलाई दौडाउनकै चटारो छ । धन्यवाद!
मनकुमार जुग्जाली मगर मंगला-१, भर्जुला, म्याग्दी शिक्षक श्री थाइबाङ्ग आधारभूत विद्यालय




Post a Comment

1 Comments