हार्दिक अपिल । हार्दिक अपिल ।। हार्दिक अपिल ।।।
आदरणिय जनसमुदायहरु,
बिहानीको राता लालीहरुमा सुनौला बनेका धवलागिरी,निलगिरी तथा मुकुट चुरेनहरु चिहाई रहँदा मंगलाको सुस्साहत सँगै उता चिप्लेटी डोलेखानीका शितल वायुले स्पर्श गरिरहने यो शुन्दर भूमी हो भकिम्ली । विभिन्न जातिको सामूहिक रुपमा लामो समयदेखि यस स्थानलाई आफ्नो स्थाई बसोबासको केन्द्र बनाउँदै आईरहेकाछन । ति समूदाय मध्य दलित समूदाय पनि एक हो ।दलित समूदायले लामो समय देखि हिन्दु धर्मममा रहेको वर्ण व्यवस्थालाई आधार मानि गरिएको छुवाछूत भोग्दै सहदै आईरहेको छ । वर्तमान समय सम्म पनि यसरी अमानविय रुपमा जातीय छुवाछूत गरिनुले समाजमा एकताको प्रत्याभूति त गराउँदैन, झन अझै हजारौ वर्ष देखि उत्पीडन खेप्दै आएको दलित समूदायमाबञ्चितिकरण भई बाच्न बाध्य छ। छुवाछूत भोग्नु एकतिर गम्भिर समस्या बनेको छ भने अर्काेतिर सामाजिक सदभाव नै धरापमा परेको छ। एकै बेन्चमा बस्ने दूई साथीहरु घरमा सँगै बस्ने अवस्था छैन । सिधा रुपमा मात्र नरहि अहिले जातीय छुवाछूतको विभिन्न रुप देखापरेको रदेखापर्न थालेका छन ।प्रजातन्त्र, बहुदलिय प्रजातन्त्र, लोकतन्त्र हुँदै गणतन्त्र सम्म आईपुग्दा सम्म पनि यहाँको दलित समुदायले प्रत्यक्ष अप्रत्यक्ष जातीय छुवाछूत भोग्दा साच्चिकै राजनैतिक परिवर्तनको अनुभुति सम्म गर्न सकेका छैनन् । जुनसुकै किसिमको जातीय छुवाछूत सम्वन्धि समस्या समाधान गर्न सम्पूर्ण भकिम्ली बासी सम्पूर्ण जनसमुदायहरु एक हुन आवश्यक देखिन्छ ।
बे.न.पा–३ वडा कार्यलयको आर्थिक सहयोगमा समानता र मानवताको सम्मान गर्ने ठाँऊ, छुवाछूत मुक्त भकिम्ली गाँऊ, भन्ने मुल नाराको साथ भकिम्ली वडाको बिभिन्न टोल टोलमा हामी विभिन्न सचेतना कार्यक्रम गर्न आँउदै छौ, जसमा यहाँहरुको सक्रिय सहभागितको लागि हार्दिक अपिल गर्दछौ । विशेषत यो कार्यक्रम तिन चरणमा हुने छन ।
किन भकिम्लीलाई छुवाछूत मुक्त बनाउने
मानिस २१औ शताव्दीको चरम विकाशको अनुभूति गरिरहँदा पनि दलित समुदायले मानवबाटै गरिएको अपहेलना र तिरस्कार भोगिरहनु विडम्बना हो । जुनबेला यहाँका दलितले नयाँ संविधानमा उल्लेखित भएका हकको उपभोग गर्नु,तथा धेर थोर लोकतन्त्रको अनुभूति गर्न पाउनु नै उनिहरुको मानव अधिकार हो । यदि दलित समुदायले पनि सबै अन्य समुदाय सरह सार्वजनिक तथा निजी स्थानमा समेत कुनै अवरोध बिना सहभागि हुन पाउन सकेन भने संविधान र सबैखाले कानूनको खिलापमा गरिएको काम हुनेछ । संबिधानको धारा १८ को समानतको हक र धारा २४को जातिय छुवाछूत बिरुद्धको हक समेत प्रचलित गराउनको लागि समेत भकिम्लीलाई छुवाछूत मुक्त भकिम्ली बनाउनु आवश्यक देखिन्छ ।
यहाँ जातिय छुवाछूतको अवस्था कस्तो छ
इतिहास देखि नै हिन्दु धर्मको वर्ण विभाजन अनुसार मानिसहरूलाई ब्राह्मण, क्षेत्री, बैश्य, शुद्र गरी चार वर्णमा विभाजन गरिएको छ । ब्राह्मणहरू पठन पाठन र राज्य संचालन गर्न सल्लाह सुझाब दिने क्षेत्रीहरू शासन गर्ने युद्धमा लाग्ने र वैश्यहरू विभिन्न उत्पादन मूलक कार्य गर्ने र वाणिज्य व्यापार गर्ने र शुद्रहरू यी सबैको सेवाको काम गर्ने मान्यता हिन्दु धर्ममा रहेको पाइन्छ । जातीय छुवाछूत विरुद्धको ऐनको दफा ४-२_ ले सर्वप्रथम “जातीय भेदभाव वा छुवाछूत सार्वजनिक वा निजी स्थानमा गर्न वा गराउन हुँदैन” भनेर व्यवस्था गरेको छ ।वर्तमान अवस्थामा पनि मन्दिर, धारो, घर, पसल–होटेल तथा सार्बजनिक कार्यक्रमसमेत छोइछूतो घिनलाग्दो तरिकाले देखिने गरेको छ । झनै निजी स्थानको कस्तो रहेको छ भन्ने कुरा स्वत अनुमान गर्न सकिन्छ ।
यहाँ दलितको अवस्था कस्तो छ
बेनपा ३ भकिम्ली दलित तथा जनजाती समूदायको बाहुल्यता भएको समाज हो । यहाँको पेशा कृषि तथा बैदेशिक रोजगारनै प्रमूख मानिन्छ । धर्म र पेशा एकै तथा उस्तै भए पनि जातीय छुवाछूत भएको कारणले एकै स्थानमा बसेर खाने बस्ने स्थीति छैन । जसको कारणले भोज भतेरमा समेत छुट्टै बसेर सहभागी हुने अवस्था रहि आएको छ भने घरमा प्रवेश पूर्ण रुपमानै निषेध छ। जसले दलित माथि भएको छुुवाछूत यथास्थितिमा छ भने अन्तरघुलन हुने अवस्थाबाट बञ्चित बनाएको छ । साथै दलित दलित विचमा समेत जातीय छुवाछूत चरम रुपमा देख्न सकिन्छ ।
छुवाछूत मुक्त समाज बनाउन कार्यक्रमहरु के के हुनसक्छन
छलफल, गोष्ठी, प्रचारप्रसार, सचेतना मुलक कार्यक्रमहरु, आयआर्जन मुलक तालिम, रेडियो,टिभि तथा पत्रपत्रिका मार्फत प्रचार सचेतन, सहभोज, तथा भोज, सरसफाइ, तथा चेतनामुलक कार्यक्रम, जनप्रतिनिधी सहितको धोषणा कार्यक्रम हुनेछन ।
पहिलो चरण दलित विचम आन्तरिक छुवाछूत मुक्त बनाउनको लागि सचेतना, आर्य–आर्जन, सिप मुलक कार्यक्रम तथा पर्चा पम्प्लेत वितरण गर्ने ।
दोस्रो चरण दलित र गैर दलित विचमा जनचेतना, सचेतना, आर्य–आर्जन, सिप मुलक कार्यक्रम तथा पर्चा पम्प्लेत वितरण गर्ने । रेडियो कार्यक्रम निमार्ण तथा प्रशारण,टोल टोलमा,सचेतना छलफल, सहभोज साथै दलितको बारेमा उचित सचेतना कार्यक्रमहरु गर्ने ।
तेस्रो चरण जनचेतना,सचेतना अवलोकन, घटनाको सार्वजनिकरण,मनोबैज्ञानिक सुधारका थप कार्यक्रमहरु ।
जातिय छुवाछूत गर्नेलाई के कारबाही हुन्छ
जातीय छुवाछूत विरुद्धको ऐनको दफा ४को २ ले सर्वप्रथम “जातीय भेदभाव वा छुवाछूत सार्वजनिक वा निजी स्थानमा गर्न वा गराउन हुँदैन” भनेर किटानी व्यवस्था गरेको छ ।जातीय छुवाछूत सम्वन्धि कसूर गर्ने व्यक्तिलाई दुई महिनादेखि तीनवर्षसम्म कैद वा विस हजार रुपैयादेखि दुई लाख रुपैयासम्म जरिवाना साथै २ लाख सम्म क्षतिपूर्ती तिर्नुपर्ने छ ।सजाय हुनसक्छ ।
त्यसैले कुनै पनि व्यत्तिले जातीय छुवाछूत नर्गन नगराउनको लागि हार्दिक अनुरोध गरिन्छ, साथै भकिम्ली बासी सम्पूर्ण राजनैतिक दल, सामाजिक संघ संस्था, नागरिक समुदाय, शिक्षक, विद्यार्थी तथा सबै सरोकार वाला सबैमा जातीय छुवाछूत जस्तो गम्भिर सामाजिक अपराधलाई न्यूनिकरण गर्दै समतामुृलक समाज निमार्णको खातिर हातेमालो गर्नको लागि सबैमा हार्दिक अपिल गर्दछौ ।
थप जानकारीकोलागि
x
0 Comments