नेपाल सरकारले विक्रम संवत् २०७८ साल वैशाख १ गतेदेखि चैत मसान्तसम्म एक वर्षभरिमा सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायको लागि देहाय बमोजिमको सार्वजनिक, पर्व एवं सट्टा बिदा र कार्यालय समय निर्धारण गर्ने निर्णय गरेकोले यो सूचना प्रकाशन गरिएको छ :
१. वर्षभरिका शनिबार बिदा :
(क) वैशाख - ४, ११, १८, २५
(ख) जेठ - १, ८, १५, २२, २९
(ग) असार - ५, १२, १९,२६
(घ) साउन - २, ९, १६, २३, ३०
(ङ) भदौ - ५, १२, १९, २६
(च) असोज - २, ९, १६, २३, ३०
(छ) कात्तिक - ६, १३, २०, २७
(ज) मङ्सिर - ४, ११, १८, २५
(झ) पुस - ३, १०, १७, २४
(ज) माघ - १, ८, १५, २२, २९
(ट) फागुन - ७, १४, २१, २८
(ठ) चैत - ५, १२, १९, २६
२. पर्व विदाहरु
२.१ मुलुकभरि सार्वजनिक बिदा हुने पर्वहरु :
(क) नव वर्ष - वैशाख १ गते बुधबार।
(ख) रक्षाबन्धन - भदौ ६ गते आइतबार।
(ग) घटस्थापना - असोज २१ गते बिहीबार।
(घ) छठ पर्व - कात्तिक २४ गते बुधबार।
(ङ) माघी पर्व/माघे सङ्क्रान्ति- माघ १ गते शनिबार।
(च) महाशिवरात्री - फागुन १७ गते मङ्गलबार।
(छ) फागु पूर्णिमा - हिमाली र पहाडी जिल्ला लगायतका ५६ जिल्लाहरुमा चैत ३ गते बिहीबार तथा देहायका जिल्लाहरुमा चैत ४ गते शुक्रबार।
धनुषा नवलपरासी (बर्दघाट सुस्ता पूर्व) झापा बर्दिया मोरङ्ग महोत्तरी. नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) कैलाली
सुनसरी सर्लाही रुपन्देही कञ्चनपुर सप्तरी रौतहट कपिलवस्तु सिराहा बारा दाङ उदयपुर पर्सा
२.२ सम्बन्धित धर्म, संस्कृति, भौगोलिक क्षेत्र र स्थान विशेषका लागि मात्र सार्वजनिक बिदा हुने पर्वहरु :
(क) किराँत, राई, याक्खा, सुनुवार, लिम्बू जातिको उभौली पर्व-चण्डी पूर्णिमा (वैशाख पूर्णिमा) - जेठ
१२ गते बुधबार।
(ख) गौरा पर्व - भदौ १४ गते सोमबार।
(ग) इस्लाम धर्मावलम्बीहरुको पर्व ईद (ईद उल फित्र) का दिन।
(घ) इस्लाम धर्मावलम्बीहरुको पर्व बक्र ईद (ईद उल अजहा) का दिन।
(ङ) किराँत जातिको उधौली पर्व, योमरी पुन्हि-ज्यापू दिवस (धान्य पूर्णिमा) - पुस ४ गते आइतबार।
(च) इसाई धर्मावलम्बीहरुको पर्व क्रिसमस डे -(डिसेम्बर २५) पुस १० गते शनिबार।
(छ) तमू ल्होसार - पुस १५ गते बिहीबार।
(ज) सोनम ल्होसार - माघ १९ गते बुधबार।
(झ) हिमाली आदिवासी शेर्पाहरुले मनाउने ग्याल्पोल्होसार - फागुन १९ गते बिहीबार।
() सिरुवा पावनीको दिन - सो पर्व मनाउने झापा, मोरङ्ग, सुनसरी, सिराहा र सप्तरी जिल्लामा।
३. महिला कर्मचारीहरुका लागि मात्र :
(क) हरितालिका (तीज) व्रत - भदौ २४ गते बिहीबार।
(ख) जितिया पर्व - असोज १३ गते बुधबार (जितिया पर्व मनाउने महिला कर्मचारीहरुको लागि)।
४. शिक्षण संस्थाहरुका लागि मात्र :
बसन्त पञ्चमी, माघ २३ गते आइतबार।
५. जात्रा बिदा (काठमाडौं उपत्यकालाई मात्र):
(क) गाईजात्रा - भदौ ७ गते सोमबार।
(ख) इन्द्रजात्रा - असोज ३ गते आइतबार।
(ग) मत्स्येन्द्रनाथको भोटो देखाउने जात्रा (सो जात्रा हुने दिन)।
(घ) घोडेजात्रा - चैत १८ गते शुक्रबार।
६. दशैं बिदा : असोज २६ गते मङ्गलबारदेखि असोज ३० गते शनिबारसम्म (फूलपातीदेखि एकादशीसम्म)।
७. तिहार बिदा (कात्तिक १८ गते बिहीबारदेखि कात्तिक २१ गते आइतबारसम्म) :
(क) लक्ष्मी पूजा - कात्तिक १८ गते बिहीबार ।
(ख) म्हपूजा, नेपाल संवत् प्रारम्भ, गोवर्द्धनपूजा - कात्तिक १९गते शुक्रबार।
(ग) भाइटीका/किजापूजा - कात्तिक २० गते शनिबार ।
८. दिवस बिदा :
८.१ मुलुकभरि सबैलाई हुने सार्वजनिक दिवस बिदाहरु :
(क) विश्व मजदुर दिवस - (मे १) वैशाख १८ गतेशनिबार।
(ख) गणतन्त्र दिवस - जेठ १५ गते शनिबार।
(ग) संविधान दिवस (राष्ट्रिय दिवस) - असोज ३ गतेआइतबार।
(घ) राष्ट्रिय प्रजातन्त्र दिवस - फागुन ७ गतेशनिबार।
(ङ) अन्तर्राष्ट्रिय महिला दिवस (मार्च ८) - फागुन२४ गते मङ्गलबार।
८.२ अपाङ्गता भएका कर्मचारीहरुका लागि मात्र:
अन्तर्राष्ट्रिय अपाङ्गता दिवस - (डिसेम्बर ३) मङ्सिर १७ गते शुक्रबार (नेपाल भित्रका सम्पूर्ण अपाङ्गता भएका कर्मचारीहरुका लागि मात्र)। जन्मजयन्ती बिदा :९.१ मुलुकभरि सबैलाई हुने सार्वजनिक जयन्ती बिदा : बुद्ध जयन्ती - जेठ १२ गते बुधबार।
९.२ सम्बन्धित धर्मावलम्बीहरुका लागि मात्र :
(क) फाल्गुनन्द जयन्ती - कात्तिक २५ गते बिहीबार किराँत धर्मावलम्बी)।
(ख) गुरु नानक जयन्ती - मङ्सिर ३ गते शुक्रबार
(नेपाली सिख धर्मावलम्बी)।
१०. राष्ट्रिय रुपमा मनाइने तर कार्यालय खुल्ने प्रकृतिका दिवसहरु :
(क) जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस - जेठ २१ गते शुक्रबार।
द्रष्टव्य :(क) “आधा दिन” भन्नाले कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्मतीन महिनाको लागि दिनको १:०० बजे र माघ १६ गतेदेखि कात्तिक १५ गतेसम्म दिनको १:३० बजेसम्म सम्झनु पर्छ।
(ख) खाजा समय : कार्यालयको सेवाप्रवाहमा बाधा नपर्ने गरी आलोपालो मिलाई सम्बन्धित कार्यालयले आधा घण्टाको समय तोक्न सक्ने।
(ख) निजामती सेवा दिवस - भदौ २२ गते मङ्गलबार। (ग) राष्ट्रिय एकता दिवस - पुस २७ गते मङ्गलबार।
(घ) शहीद दिवस - माघ १६ गते आइतबार।
११. विदेशस्थित नेपाली नियोगहरूले सम्बन्धित मुलुकका सार्वजनिक बिदाहरूलाई समेत दृष्टिगत गरी बढीमा १५ दिनसम्म
सार्वजनिक बिदा आफैले व्यवस्थापन र समायोजन गर्न सक्ने ।
१२. सट्टा बिदा :
अस्पताल, रोपवे, टेलिफोन, प्रहरी, अध्यागमन, थाना, चौकी, फायरब्रिगेड, टक्सार, रेडियो नेपाल, नेपाल टेलिभिजन, मुद्रण विभाग, हुलाक आदिजस्ता रोजाना र आकस्मिक सेवा प्रदान गर्ने मन्त्रालय, विभाग तथा कार्यालयहरूले सार्वजनिक बिदाका दिनमा समेत कामकाज गर्नुपर्ने हुँदा त्यस्ता कार्यालयहरूमा दैनिक काम नरोकिने गरी सार्वजनिक बिदाका दिन काम गरेबापत प्रचलित कानूनको रीत पुयाई सट्टा बिदा बस्न
सक्ने ।
१३. कार्यालय हाजिर हुने र छुट्ने समय
(क) नेपाल राज्यभरका सबै सरकारी कार्यालयहरूमा वैशाख १ गतेदेखि कात्तिक १५ गतेसम्म तथा माघ १६ गतेदेखि चैत मसान्तसम्म कार्यालय समय बिहान १०:०० बजेदेखि अपरान्ह ५:०० बजेसम्म हने र कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म बिहान १०:०० बजेदेखि अपरान्ह ४:०० बजेसम्म हुने ।
(ख) शुक्रबारको दिन बिहान १०:०० बजेदेखि अपरान्ह३:०० बजेसम्म
स्रोत: नेपाल सरकारबाट जारी राजपत्र ।
0 Comments