काठमाडाैका बासिन्दाहरु काकाकुल नहुन भनेर ४८ सालमा उरालेका थिए कृष्ण प्रसाद भट्टराईले मेलम्ची काठमाडाैमा दस हात माथि उफ्रिएका थिए आकाश फाट्ने गरि चिच्चाएका थिए जनताहरु चुनावि सभामा मेलम्ची त उहिलेनै उर्लिसकेकाे थियाे काठमाण्डाैमा
देशमा भएका हरेक चुनावहरुमा दलका घाेषणा पत्रहरुमा सभा सम्मेलनहरुमा मेलम्ची उरालिएकाे छ जनता उचालिएकाेछ गृहिणिकाे मुहार उज्यालिएकाे छ २५ वर्षदेखि देखेकाे सपना धाराकाे टुटिदेखि गाग्रिकाे घैँटाेसम्म उर्लिएपछि मेलम्चीदेखि सुन्दरिजल हुँदै हाे मेलम्ची उर्लिसक्याे काठमाण्डाैमा
काठमाडाै उत्रन सुस्तरि बगेकाे मेलम्ची उत्रदै गर्दा इन्जिनियरकाे वलिदान मागिस ती गरिबका काेठाकाेठा पसेर भुँईभरि बसेर कराेडाै खर्चिएका सडक बिगारिदिएकाे पनि त बिर्सिएकाे छैन २५ बर्षसम्म सुस्तरि बगेकाे तँ काठमाडाै आउने बित्तिकै यति विघ्न किन उर्लिएकाे उर्लिरहेका माथि उर्लिएर तैँले तेराे ताकत देखाईस काठमाण्डाैमामेलम्चीमा नउर्लिकन बसिरहेका तेरा प्रिय सखिहरुमाथि मध्यरात निष्पट्ट अन्धकारमा विस्तारामा सपना देखिरहेकाहरुमाथि एक्कासि उर्लिएर ती सपनाहरु कता बगाइस ? मेरा सखिहरु कता पुर्याईस ? त्याे सुन्दर पार्क त्याे सुन्दर वस्ति मसानघाट बनाएर के पाइस मेलम्चि ? काठमाण्डाै अाउन २५ वर्ष लागेकाे तँ त्याे वस्ति वगर वनाउन २५ सेकेन्ड लगाइनस के तँ सु्स्तरि उर्लन मिल्दैन मेलम्ची ?
काठमाण्डाैमा उर्लदै गर्दा के त्याे चेतावनि थियाे ? हे मनुष्यहरु हाे ! कति चिताेर्छाै चिथाेर कति काेपर्छाै काेपर आउ म माथि बलात्कार गर आनन्द लेउ मेरा अङ्ग अङ्ग लुछ तान जब अतिसार हुन्छ म प्रलय बनेर उर्लिएपछि हिसाब किताब बराबर गर्नेछु यति धेरै लेखेर पनि मेराे कलम शून्य छ मेलम्ची उर्लिएपछि !
0 Comments