Ticker

10/recent/ticker-posts

Notice Board

 


नमस्कार । यहाँहरुलाई हार्दिक स्वागत गर्दछौं । यहाँहरुले लेखेका/रचना गरेका कुनै पनि साहित्यीक रचना छन भने हामीलाई पठाउनु भयो भने हामी पाठक सम्म पुर्‌याउने छौँ । ठेगाना dhanulekali@gmail.com

कथाः सपनाको छोरो । by Dhanu bishowkarma

कथाः सपनाको छोरो ।


म आफू जहिले पनि दशै तिहार आउदा हौसिएर बिताएकी हुन्थे । भाग्यमा कहिल्यै राम्रो नपाएकी म पनि सानै देखि मिठो मसिनो खाने, रगिंन कपडा लगाउने रहर हुन्थ्यो, तर के गर्ने सानैमा बुबाको मृत्यूले यि सबै कुरा मेरा लागि रहर मात्र बनेका थियो । बुबालाई आफ्नै आँखा अगाडी सेनाले गोली ठोकेर मारेको थियो । गाँउमा शिक्षक भएर गाउनै उज्यालो बनाएका मेरा बुबा आज आफ्ना सन्तान र घर परिवारको अनुहार जीवन भरिनै निहात्था अध्यारो बनेर बाच्नु परको छ । सयौ नेपालीको अनुहारमा निरासा, दुख पोतेर आएको परिबर्तन ले यो आफन्तको बियोगमा दुब्दा दुब्दै कुनै चाड पर्बहरु खुशि हुन सकेका छैनन ।  सम्झदा पनि नियास्रो लाग्छ , रगिंन कपडा लगाएर लिङ्गे पिङ्गमा मच्चि  खेल्दा बाला पनको यो खुशि  भन्दा अरु कुनै खुशि राम्रो हुन सक्दैन । भोक लाग्दा दौडदै घरमा पुगेर आमालाई   दुःख दिइन्थ्यो, भाई सँग झगदा गर्दै एक गेदो सितल गेडिको लागि घन्टौ सम्म झगडा गरिन्थ्यो । आज मेरो भाई बिदेशि भूमिमा दुई कौदिको लागि  आँसु पसिना बगाई रहेको छ । हिजो फोनमा घरमा गएर दशै राम्ररी मनाउनु भन्दै फोनमा रुदै थियो । के गर्नु आज मायाँ दिने बुबा यो संसारमा हुनु हुदैन । भाई प्रदेशमा प्रचण्ड गर्मीमा बल्ल बल्ल आफ्नो जीवन खुकुरीको धारमा बिताइरहेको छ ।  डाँडा माथि पुगेकी आमा एक हातले चस्मा उर्काे हातले लठ्ठी समाएर घर वरिपरिको कुखुरा धपाउदै बस्नु भएको छ । घरको दुई चार सुर्काे पाखो बारि पनि दुबो पलाएरको छन । जता  हे¥यो बृद्ध बृद्धा , बालबलीका, मात्र देखिने हाम्रा गाँउ घर चाड पर्ब भित्रदा पनि त्यति खुसियालि देखिदैन । कतिका घरहरुले दुख बोकेर रगं बिहीन होलान । यस्तै देखिएका छन हाम्रा गाउ बस्ती ।
भोली घरमा जानको लागि भएर हो कि , अथवा किन हो मेरो आँखामा निद्रा लागेको छैन ।  कीर्तिपुरको होस्टेलको कोठामा हातमा किताब समाएर गाउघरको खुशियाली कल्पना गरेर बसेकी छु । मेरा आँखामा लिङ्गे पिङ्ग ,चमच्चा हरुमा रगिंन कपडामा सजिएका युवा युवतिहरु चिच्याएको दृश्यहरु घुमिरहेको छ । भोलि बिहानै कलंकीमा छ बजे नै पुग्नु पर्छ । झोलामा एक, दुई जोडा कुर्थासुरुवाल, कितावहरुले भराएर धोकाको कुर्सि नेर राखेको छु । साथीहरु सबै निद्रामा दुबि सकेका छन तर खै किन हो प्रयास गर्दा गर्दै पनि निद्रानै लागेको छैन । मोवाइलबाट केहि मेरा हितैसीहरु लाई भोलि  बिहान म घरमा जादैछु भन्ने खवर लेखेर पठाउछु ।
म कलंकी तिर झोला बोकेर भाग्दै हुन्छु । हतार हतार असिना पसिना हुदै पुगे । त्यहाँ पुग्दा नपुग्दै म म्याग्दी जाने मेरो टिकत काटेको गाडी भेटिन्छ ।  गाडिको भित्र पसि मेरो सिट नियाल्छु । मेरो सात नम्वरको टिकत भएको कारण त्यहाँ पुग्दा एक पुरुष बच्चा लिएर बसेको हुन्छ । हेर्दा २४ ,२५ बर्ष जस्तो देखिने त्यो युवकको साथमा झन्दै चार पाँच बर्षको देखिने बच्चा  हुन्छ । मलाई देख्ने बित्तिकै बच्चालाई आफ्नो काखमा राखि सितको छेउ तिर सर्छ । म पनि हातमा रहेको झोला सिटमुनी राख्दै सिटमा बस्छु । सुरुमा बस्दा असजिलो जस्तो लागे पनि बिस्तारै सहजता हुन्छ । बच्चाको हातमा ललिपपको सिन्को देख्छु । बच्चालाई गिज्याउने पाराले तिम्रो मिठाई खाइदिउ भन्दा बच्चा लाजले आफ्नो टाउको त्यहि युवकको जकेतमा लुकाउछ तर लुकि लुकि हेर्दै हास्छ ।
खाल्डो परेको बाटोहरुमा पानीले भरिएका सडहरुमा हुइकिएर गाडि दौडदा पानीहरु पर पर सम्म पनि पुग्छन । पानी बर्सिदै छन, बस भित्र बसेका सवै जना किन हौ मौन देखिन्छन् । म केटि भएर पनि म सँगै बसेको युवक सँग बोल्नको लागि आँट बटुलेर सोधे, “हजुरको नाम ?” अलि रातो पिरो हुदै उत्तर दियो “होमनाथ” “अनि काठमाण्डौ का के कामले आउनु भएको थियो ?” “कोरिया जानेको लागि भाषा परिक्षा दिन । ” मेरो प्रश्नको सोझो उत्तर दिएको कारण त्यो भन्दा बढि सोध्नको लागि  आँट पनि आएन । गाडीमा हिडदा बेला बखत बमित हुने हुनाले सधै पिरो अमिलो खाने गर्दथे ।  आज पनि झोलाबाट कुरकुरे निकालेर मुखमा हाले । बच्चाले मुखमा ¥याल निकाल्दै मलाई हेरे पछि ,बच्चालाई पनि खान दिए ।स बच्चालाई मेरै काखमा राखेर सँगै खान थाल्यौ । त्यो युवकलाई खान आग्रह गरे तर खान्न भनेर नै जिद्धी  गरिरहयो । बच्चालाई मलाई भन्दा आमा जस्तो लागेछ कि खुशि भएर म सँगै बसि रहयो ।
बेला बखत बच्चाले मामु भनेर सम्बोधन गर्दा आफैलाई निकै अप्थ्यारो अनुभव भयो । हुनत म पनि बेलैमा बिहे तिर लागेको भए म पनि यस्तै उज्याले बच्चा लिएर हिडथे होला । यसरी नै मेरो श्रीमान सँगै एउटै सिटमा बस्थे होला । के गर्न आफूलाई कहिल्यै नक्कल पार्न र प्रेम गर्न आएन । त्यही बिबाह नगरेकै कारणले अस्ति घरमा जाँदा बहिनिहरु शुद्धि भनेर गिज्यउदै थिए । म ठूली ममी,हजुर आमा भैसकेको थिए साइनोमा । आफू भन्दा साना बहिनीहरुको २ वटा सम्म बच्चा हुदा सम्म पनि आफ्नो कुनै सुर सार थिएन । आमाको कुरा सुनेर कति बर्ष शिवजीको ब्रत बसे खै शिवजीले पु¥याई दिएका ? मनमा अनेकन कुरा खेलाउदै भुतभुतिए । आँखा बन्द गरेर छेउमा बसेको युवकलाई आफ्नो श्रीमान र काखमा बसेको  बच्चालाई आफ्नो बच्चा सम्झिए । म आफै भित्र हराउन थाले । युवकले कुइनाले मेरो शरीरलाई छुदा पनि माया प्रेम र निकतताको अनुभव गरे ।  कति कुराहरु कल्पना गर्दा पनि निकै आनन्द हुदो रहेछ । आँखा खोलेर हेर्दा पनि साचिकै देखिन्थ्यो त्यस्तै । आँखाले देखिने सबै कुरा साँचो हुदैन रहेछ, जो आज महशुुस गरिरहेकी छु । गाडीको टायर एकै चोटि घुम्तिमा घुम्दा बल्ल झसँग  भए ,यथार्थ यहि  हो ।
    बाटोमा खाना खानको लागि बस रोकियो त्यो यूवक खाना खानको लागि बस बाट झरेर होटेलमा पुग्यो, तर खै किन हो त्यो आफ्नो बच्चाको कुनै वास्ता गरेन । म बाटोमा कहिल्यै खान नखाने भएको कारण झोलामा भएको कुरकुरे भिकेर खान थाले । बच्चा र म दुबै जना कुरकुरे मै रमायौ । मेरो पछि बसेकी एक आमाले मलाई संकेत गर्दै भन्नुभयो,“बच्चा त निकै सन्तोकी रहेछ नी ?” म पनि प्रश्नको प्रतिउत्तर “हजुर” भनेर सहमति जनाए । प्रश्नको उत्तर पाए पछि त्यहि युवकलाई संकेत गर्दै पुन प्रश्न गरिन “बाबुले काठमाण्डौमा कुन अफिसमा काम गर्नु हुन्छ होला है नानी ?” मैले कुरा बुझि सकेकी थिए तर नबुझेझै गरेर सोधे “कसलाई भन्नु भएको ? मेरो छेउमा बस्ने मान्छेको कुरा गर्नु भएको ?” बुढि आमाले मुस्काउदै भनिन “अँ हजुरकै छेउमा बस्ने नानीको कुरा गर्दै छु ।” म लाजले भुटुक्कै भएर हास्दै भने “आमा पनि, मेरो बिबाह भएको नै छैन, खै त्यो युवक को हो म चिन्न पनि चिन्दैन । यो बच्चा उसकै हो । उसको यो को हो त्यो पनि थाहा छैन । ” मेरो कुरा सुने पछि बुढि आमा आफ्ना दाँत नभएका मुख देखाउदै हाँसिन । “म अहिले सम्म नानीहरु श्रीमान श्रीमती भनेको थिए नि । हा हा ह ” यतिनै बेला त्यही युवक बस भित्र छि¥यो । हामी सबै शान्त भएरै बस्यौ । बच्चाको लागि केहि त्यस्तो नलिएर आएको कारण बच्चाले पनि त्यो यूवकको हातमा नियाल्यो । तर पुन पहिल्यको सिटमा आएर चुपचाप बस्यो ।  मेरो मनमा हाँसो उठिरहेको थियो । मन मनै हाँसो लिएर  बसिरहे ।
    बच्चाले पहिल्यै देखि  सु जाने भनेको कारण बस रोकिने बित्तिकै ओर्लिएर लगे । मलाई पनि अचम्म लाग्यो पहिले  उसको काखमा थियो तर मेरो काखमा  आए पछि कुनै वास्ता गर्दैन । बच्चा पनि आमालाई झै गरेर मामु भन्दै म सँग नै बस्छ । त्यो युवक मलाई हेर्दा पनि रिसाएझै गरेर हेर्छ । जे जे भए पनि साना बालबालिका भनेका भगवान लाग्थ्यो मलाई,किनकी उनिहरु सत्य बोल्छन, छक्याउदैनन् । भगवानलाई सेवा गर्नु आनन्द नै महशुस गरे । आज मलाई नसोचेको भैरहेको थियो । पहिले रक्सिले मात्तिएका छेउमा पर्दा निकै दिग्दार हुन्थ्यो तर आज जीवनमा नयाँ कुराको महशुस गर्ने मौका पाएकी थिए । कल्पनाको राजकुमार पाएकी छु , काखमा उज्यालो अनुहारको छोरा पाएको छु । कल्पना गर्दा पनि आनन्द लागेको थियो । छि  म पनि कस्ता कुरा सोचेकी, यतिका धेरै पढेकी भएर पनि के सोचेकी हुँला ? अहिले नभए पनि छिट्टै मेरो जीवनमा मैले कल्पना गरेको खुखि प्राप्त होला है । बाटो मुनी सलसल बग्दै गरेको कालीगण्डगीलाई धोग्दै प्रणाम गरे । आनन्द अब धेरै बेर सम्म नरहने भयो । हामी लामो यात्रा पछि आफ्नो गन्तव्य बेनी बजार आइपुगेका थियौ ।
 कालीपुल नजीकको बस पार्कमा बस रोकने बित्तिकै सबै जना बस बाट ओर्लन थाले । सवै जना ओर्लिए पछि ओर्लनु पर्ला भनेर म सिटमै बसे । तर त्यो यूवक अगाडी नै ओर्लियो । सवै निक्ले पछि म पनि झरे । बाहिर पुग्दा सबै आफ्नो बाटो लागिसकेका थिए । बच्चालाई उसको आफन्तलाई जिम्मा लगाउने भनेर यता उता हेरे तर  कतै देखेन । बच्चालाई खानेकुरा किन्न कतै पसलमा होकि भनेर पसल तिर पनि नियाले त्यहाँ पनि देखेन । मानिसको हुलमा उ अगाडी बढिरहेको थियो । बच्चा निसंकोच मेरो हातमा समाए बसेको थियो । हातले संकेत गर्दै त्यो मानिसलाई  ठूलो स्वरले दाई  दाई भन्दै अगाडी दौडिए । त्यो युवकलाई तपाईको बच्चा लिनुहोस भन्दा पनि मानेने । हातमा समाएर बच्चा लाई उसैको  हातमा सुम्पिए तर म तिर नै हुत्याइदियो । हामी यो झगदा गर्दा हाम्रा वरिपरी धेरै मानिस जम्मा भैसकेका थिए । उसले होइन भन्दै थियो म पनि मेरो बच्चा होइन भन्दै थिए । म अबिबाहित हु भने उसले पनि अबिबाहित भन्यो । यो बच्चा कसको हो भन्दा त्यो बसबाट आउने कसैले पनि मेरो भनेने । म बच्चालाइै त्यही छोडेर जानको लागि तयार भए तर सबैले यो बच्चाको टुङगो लगाएर मात्र जाने भनेर भिडका मानिसहरु ले भनेपछि झनै लाज लाग्यो । मानिसहरुको भिड झनै धेरै जम्मा हुदै गएका थिए । कतिले त बिबाह पहिले नै कस्को बच्चा बोकेर बस्ने गएकी रहेछ भनेर मलाई उल्तै गाली गरे । कोही महिलाले मेरो नजिक लाजले रातो अनुहार बनाएको त्यही युवकलाई हेरेर भन्दै थिए ए भाई क्याहो आफ्नो बच्चा लाई पनि अरुको हो भन्ने लाज लाग्दैन ? दुबै जना लाजले राता अनुहार बनाएर बसिरहयौ । यतिकैका भिडलाई साम्य पार्न चार पाँच जनाको प्रहरी को समुह त्यहाँ आइपुग्यो । प्रहरी लामो स्वास लिदै बोल्दै थियो ।“ के भो के भो” ? मेरो मौका बोल्नको लागि आइहाल्यो, “म काठमाण्डौ बाट उहाँ सँग सँगै बसमा आएका थियौ । उहाले यो बच्चा लिएर आउनु भएको थियो । बाटोमा मलाई आमा हो या दिदी जस्तो मानेर मेरो नजिक हुदै आए पछि म पनि यो बच्चालाई सँगै राखे, बाटोमा खाजा खुवाए । दिशा पिसाव देखि सबै कुरामा सघाए तर अहिले यो बच्चालाई म सँग छोडेर जान खोज्दै हुनु हुन्छ हवल्दार साब ।”
त्यो यूवक पनि रिसले चुर हुदै भन्यो, “म हिजो काठमाण्डौ कोरियन भाषा परिक्षाको लागि गएको थिए, म आज फर्कदै थिए तर म सिटमा बसेको थिए, त्यतिकैमा यो बच्चा आएर सितमा बस्यो केहि ढिला गरेर उहाँ आउनु भियो, बच्चा राम्रो र आफ्नो आफन्त झै मानेर एक छिन समातेर सहयोग मात्र गरेको हु । त्यति सहयोग ग¥यो भनेर म यो बच्चा बुबा हुन सक्छु ? ल सबैले भन्नोस् यहाँलाई म आफूले चिनेको पनि छैन बच्चा लाई पनि  चिनेको छैन । दिमाग खराव भएको छ र मेरो यो बच्चालाई छोरो बनाएर घरमा बिबाह पूर्व नै लगेर जाऊँ ?”
मलाई पनि लाजले झनै रातो भयो । के बिबाह पूर्व एक नारिले एक बच्चा लगेर घरमा गयो भने के भन्छ घर परिवारले ? के भनेर स्वीर्काछ समाजले ? पढन गएको एक केटीले एक बर्षमा घर फर्कदा हाम्रो समुदायले के भनेर उपमा दिन्छ  होला ? बिना कारण बेइजति सहनु परेका कारण म पनि रिसाएर बोल्न थाले,“ हेर्नुहुस हवल्दार सर म बिद्यिर्थी हु म आफूले बिबाह गरेकीे छैन, दशै मान्न म घरमा हिडेकी , यो बच्चा उहाँको हुनु पर्छ या अरु कसैको हुनु पर्छ । तर मेरो भने हुदै होइन ।”
हवल्दार गिज्याउने पारमा भन्यो “त्यसो भए यो माथिको भगवानले दिए हैन ? यो बच्चा तपाईहरुको दुबै जनाको हो । तपाई भाई पनि यो कामको जिम्मेवारी छ । साथै तपाई बहिनी को पनि, तपाईहरुको होइन भन्ने के प्रमाण छ ? हो होइन आपत बिपत मा जस्ले पनि त भन्छ नि । हेर्नुहोस् यति राम्रो बच्चा छ तपाईहरु पनि मिल्ने जोडि रहेछ । घरबार गरे भैहाल्यो नी । ”
तर्क बितर्क गर्दा घण्टौ बित्यो तर कसको बच्चा हो भन्ने टुङगो लागेन । त्यो युवक ले पनि मेरो होइन भन्दै गयो म पनि होइन भन्दै गए । एक आपसमा कति पटक भना भन भयो । प्रहरीले पनि मिलाउने अनेका प्रयास ग¥यो । कुरा झनै बढेर गयो । मेरो नारी अस्मिता माथि प्रश्नहरु धेरै उथ्यो । के गर्नु परिबन्धमा परेकी म निधार बाट पसिना चुहाउदै बोलीरहे । यतिकैमा हवल्दारले एउता हामीलाई काम लगाउनको लागि भन्यो । “ल अब एउटा बिकल्प छ मान्नु हुन्छ ? यो बच्चालाई यो बिच बाटोमा राखौ, तपाई भाई यो किनारमा बस्नुहोस अनि तपाई बहिनी त्यो किनारमा बस्नुहोस् । हामी सबै ताढा बसेर हेर्छाै , तपाई दुबै जनाले बाबु छोरा आइजा भन्दै सुनीने गरेर बोलाउनुहोस् बच्चा जसको हो त्यही सँग जान्छ । समस्या को हल यसरी हुन सक्छ । दशैको बेलामा तपाईहरु घरमा जानु छ । यदि डि.एन.ए. परिक्षण गरेर कसको बच्चा हो भनेर पत्ता लागाउन त धेरै दिन लाग्छ, त्यसैले कुन बिकल्प रोज्ने तपाईहरु आफै भन्नुहोस् ।
मलाई लाग्यो यो बच्चा मेरो होइन, पक्का पनि यो बच्चाले आफ्नो आफन्त भनेको त्यही युवा हुनु पर्छ मलाई पहिलो बिकल्प राम्रो लाग्यो । यदि  दशैको बेलामा अनुसन्धानको लागि प्रहरी हिरासतमा बस्नु प¥यो भने त इज्जत जान्न, दुनियाले मलाई थुक्नेछन्, पढन गएको तेरो यस्तो भनेर मेरो बुबा आमाको इज्जत जान्छ । मैले पहिलो बिकल्प रोजे , त्यो युवक ले पनि पहिलो बिकल्प नै रोज्यो । हामीहरुलाई बसपार्कको ग्राउण्डमा लगियो बच्चालाई बिचमा राखि हामी दुबैलाई भन्दै १५ मिटर को ताढा उभ्यायो । म दक्षिण तिर थिए भने त्यो युवक उत्तर तिर थियो हामी बिचको दुरि झन्दै तिस मिटरको थियो । बिचमा बच्चालाई हवल्दारले राख्यो । सबैजना  मानिसहरु हाँस्दै हामीहरुको इज्जतको खेल हेरिरहेका थिए ।  हामी दुबैले “बाबु छोरा आउ” भन्दै हातको इसाराले  बोलाउनु पर्र्ने भएको कारण “बाबु छोरा” आउ भन्दै भन्न थाल्यौ ।  परबाट त्यो युवकले पनि भन्न थाल्यो । बिचमा रहेको बच्चा मुखमा औला राखेर मलाई हे¥यो, बच्चाले मलाई हेर्दा मेरो मुटुको धडकन बढन थाल्यो । त्यो बच्चाले युवक तिर पनि हे¥यो, उतै युवक तिर जाला झै पनि ग¥यो त्यसो गर्दा गए पनि हुन्थ्यो भन्ने झै लाग्थ्यो । बच्चा झन त्यही भुईमा खेल्न थाल्यो । हवल्दार गएर पुन बच्चालाई उठाउदै भन्यो “तिमी तिम्रो पापा सँग जान्छौ या ममी सँग जान्छौ जाउ यहाँ खेल्ने होइन । ” बच्चाले त्यो युवकलाई हे¥यो र फेरी मलाई पनि हे¥यो, मलाई हेर्दै बिस्तारै म तिर नै आफ्नो पाइला सार्न थाल्यो । जती बच्चा म तिर आउदै गयो उतिनै मेरो मटुको धडकन बढन थाल्यो । म आँखा बन्द गरि सबै देवि देवताको नाम जप्न थाले । डरले मेरो शरिर पसिना पसिना भएको थियो । म आँखा बन्द गरेकै थिए यतिकैमा बच्चा आएर मेरा हात समात्यो म पनि बच्चाको हात डरले बेस्सरी समाए, बच्चाको हात समाउदा त औला जस्तोको अनुभव नै गरेन यसो आँखा खोलेर हेरे मेरो हातमा सिरेको टुप्पो थियो । म सपना पो रहेछु । शरिर पसिना पसिना भएको थियो । सबै सिरक पन्छाएर  टेबुलमा रहेको करुवाबाट पानी पिए । भित्ता को घडिले पाँच बजाइसकेको थियो । म सपनाको बारेका अनेक कल्पना गर्दै तयार भर्ई दशै मनाउनको लागि झोला बोकेर यात्रा तय गरे ।
धन्यबाद् ।
धन ब.बि.क.
भकिम्ली एक, म्याग्दी
हालः कीर्तिपुर, काठमाण्डौ, नेपाल ।
यहाँ सम्भावनाका अनेकौ खानीहरु भेतिन्छन , त्यही एउतै खानीबाट हिरा सुन सबै निकाल्न सकिन्छ यो निकाल्ने काम हजुर हरुको हो ।
 सम्पूर्ण नेपालीहरु जो जहाँ भए पनि हाँसी खुसि रहनुहोला । दशै कसैको लागि दशा नबनोस् । शुभ दशै ।।।।।

   


Post a Comment

0 Comments