Ticker

10/recent/ticker-posts

Notice Board

 


नमस्कार । यहाँहरुलाई हार्दिक स्वागत गर्दछौं । यहाँहरुले लेखेका/रचना गरेका कुनै पनि साहित्यीक रचना छन भने हामीलाई पठाउनु भयो भने हामी पाठक सम्म पुर्‌याउने छौँ । ठेगाना dhanulekali@gmail.com

कथाः फेसबुक लभ


रमेश न्यौपाने
अबेर रातसम्म बस्ने त पुरानै बानी हो । जाँगर चले लेखपढ नत्र इन्टरनेट । फेसबुकको हावाले छुन थालेपछि त झन् के कुरा । तर पनि फेसबुकलाई ‘प्रोडक्टिभ युज’ गर्ने मध्यकै पर्थे म । हावादारी च्याटमा मन त्यति लागेन । उमेरमा अलिकति त स्वभाविक नै हो । मोबाइलको उति सारो वास्था गर्दिन थिएँ म । खासै काम पनि त थिएन, त्यस्को । कहीलेकाही ‘कल’ गर्नै परेमात्र निकाल्थें ।
एक रात । एघार बजिसकेको थियो । निदाउने तर्खर गर्दै थिएँ तरपनि मन थामिएन, फेसबुकमा लगअन भए । ‘वान फ्रेण्ड रिक्वेस्ट’ रहेछ । ‘अरे वा आज मलाई केटीको रिक्वेस्ट’ म आफै आश्चर्यमा पर्छु । उनका फोटोहरुतिर नजर डुल्यो । सारै राम्री, ‘क्या च्वाक छ यार’ मनमनै हौसिए । प्रोफाइल हेरे, घर काठमाण्डौंमै रे । उनीसंग मेरो कुनै साईनो भए झै लागेन । तर पनि एसेप्ट नगर्ने भन्ने त कुरै भएन । सम्भवत पहिलो पटक नै हुनुपर्छ त्यो, कुनै केटीले त्यसरी मलाई आफै ‘एड’ गरेकी । अनलाईन आउछे कि, एकछिन् कुर्छु । तर बेकारको मात्र भयो कुराई । लगआउट हुनु अघि ‘इन्बक्स म्यासेज’ पठाए, ‘पिल्ािज्, इन्टरडिउस मि इन डिटेल’ । तर कुनै रिप्लाई आएन, हप्ता दिनसम्म पनि । जति कुरे पनि अनलाईन नभेटिने । त्यसो त उनको ‘इस्टाटस् अपडेट’ पनि कहाँ भएको थियो र, त्यस बीचमा । त्यसैले त रिप्लाईको आश मरिसकेको थिएन ।
ध्ोरै दिन पछि त्यस्तै एक रात, फेसबुकमै भेटे उनलाई । ‘हाए’ टाईप भयो, तरपनि पछि ‘सेण्ड’ गर्न मन लागेन । ‘सुरुवात उसैले गरोस्, आखिर एड पनि त्यसैले त गरेकी हो नि’, भाउ खोजे । आखाहरु उसले कतिखेर कुरा सुरु गर्ली भनेर कुर्दै छन् । आधा घण्टा भैसक्यो, तर पनि केही मेसो आएन । भै गो आफै सुरु गर्न पर्‍यो, आफ्नो एक स्तर घटाए । तर त्यत्तिकैमा अफलाईन भईन् ।
‘इस् खा’ आफ्नै अनुहारलाई लोप्पा ख्वाए । अर्को पटक त यस्तो गल्ती नगर्ने आफैसंग आफ्नै कसम । तर पनि इन्बक्समा त म्यासेज पढेको हुनुपर्ने हो । भोली विहान फेरी कम्प्युटर खोले । अरे उनको म्यासेज, ‘हिजो ड्याडीसंग थिए त्यसैले कुरा गर्न मिलेन सरी है, आई विल क्याच यु लेटर ।’ अघिल्लो दिनको पिडामा केही राहत मिल्यो । ‘इट्स नो प्रबोलम एट अल’ जवाफ फर्काउन बेर गरिन । अर्को दिन पनि फेरी अनलाईन नै । आज त कुर्ने भन्ने सवाल नै छैन ? कुरा सुरु गर्न कत्ति बेर गर्न मन लागेन । भाउ बढाउनु पनि छैन अब । ‘हाए’ लेख्दै मात्र थिए, तर फेरी पनि । विद्युत प्राधिकरणले आफ्नो हैसियत देखायो । दुबै हात टाउकोमा बजारे, ‘कस्तो ब्याडलक यार’ ।
उनलाई पर्खन मैले छाडिसकेको छैन । ‘खै केही होला झै छैन’ तर पनि अलिकति निराशा भने छाईसकेको छ । आखीर उनले नचाहेर बोल्न नपाएको पनि त होएन नी, प्रविधिले धोका दिन्छ त उनले के गरुन् । फेरी पनि अर्को दिन पनि उनकै प्रोफाइलमा आखाँ गढे, ‘साच्चै बबालै छ यार, भगवानले मलाई नै पठाएको हुनुपर्छ ।’ आफैलाई पत्यार भईरहेको छैन, म किन कुनै युवतीलाई त्यती विघ्न कुर्दै थिए । त्यसअघिसम्म त्यस्ता धेरै प्रस्थावलाई मैले सहिद बनाईसकेको थिए । अझैपनि अरु केटीप्रतिको रुचि उस्तै हो । तर उनी, खै के हो थाहा छैन ।
केही दिनपछि घरमा फोन गरेर मोबाइल टेबलमा राखेको थिए । अनलाईनमा उनको प्रतिक्षा गर्ने क्रम जारी छ । आज पनि एघार बज्यो तर फेरी हात लाग्यो शुन्य । त्यत्तिकैमा मोवाइलले आफ्नो मौनता तोड्यो, फोन आएको जनाउमा । स्त्रिmनमा नौलो नम्बर । केहीबेर त सोचेँ फोन नउठाउँ । आफ्ना घनिस्टलाई बाहेक अरुलाई मोवाईल नम्बर खासै बाँडेको थिईन । तर पनि मध्यरातमा आएको फोन, महत्वपूर्ण नै होला । रिसिब गरेँ । अपरिचित स्वर ‘हेलो, तपाइर्ँ को ?’ मेरो नम्बरमा फोन गरेर मेरै नाम सोध्दा म अलमलमा परे । यद्यपि ‘म रमेश’ जवाफ फर्काउदै त्यही स्वरमा थपे, ‘अनि तपाई को नि ?’ ‘म विमला, अ..अ.. अघि किन मिसकल गरेको ?’ उनले भनिन् । म अचम्मित परे । मिसकल दिनु मेरो मोवाइल दिनचर्यामा पर्दैन । आफूले मिसकल नदिएको कुरा प्रष्ट्याएँ । उनले मानिनन्, ‘खै, मेरो मिसकल लिस्टमा तपाईको नम्बर पनि छ क्यारे’ अलि हल्का पारामा प्रस्तुत भइन् । हामी एकअर्कामा चिनजान नभएको थाहा भएपछि मैले फोन राख्ने कुरा गरेँ । तर उनले ठाडै मित्रताको प्रस्ताव राखिन् । एकछिन् त आत्तिएँ । न कहिल्यै देखेको, न चिनेको न त उसबारे केही सुनेको नै । यस्तो पृष्टभूमिमा मित्रता ? त्यसमाथी पनि म साथीहरुको सानो दायरामा रम्न रुचाउने मान्छे । त्यसैले कहिलेकाँही साथीहरुले मलाई भन्छन् ‘तेरो यही स्वभावले गर्दा कलेजमा लो प्रोफाइल छ ।’ उनीहरुका त्यस्ता सुझावलाई म सिर्फ मन्द मुस्कानमै उत्तर दिन्थेँ । कहिल्यै मेरो धेरै साथी बनाउनतर्फ मन फिरेन । यसपटकको उनको प्रस्ताव पनि मलाई त्यस्तै वाहियात लाग्यो र फोन राखेँ, पछि कुरा गरुँला भन्दै । रात धेरै छिप्पिसकेको थियो । त्यसैले मोवाइल स्विच अफ गरेर सुतेँ ।
सबेरै मोवाइल स्विच अन गर्दा अचानक एसएमएसका बर्षा, फरकफरक स्वरुपका ५ वटा सायरी । अनि टेलिकमलाई धिक्कारे, एसएमएस सस्तो गरेकोमा । कति सजिलो, निर्धक्क अपरिचितलाई नानाथरी लेख्न पाइने, न डर न लाज । साँझपख अर्को मेसेज, सरी भन्दै । तर मैले त्यसलाई पनि खासै वास्ता गरीन, मात्र प्रतिकि्रया लेखे, ‘हेई इट्स फाईन । किन डिस्टर्ब हुनु नि, बट डन्ट रिपीट अगेन ल ।’ दुई दिनपछि त्यही नम्बरबाट फोन आयो, उस्तै समयमा । सुरुमा रिसिव नगरेनी दोस्रो पटकलाई नकार्न सकिन । त्यसबेला बिस्तृत परिचय भयो । घर उनको कपन रे । केहीबेरको गफपछि फोन राखिन् । अहिले कन्फ्युज भएकोमात्र हो, मैले उनलाई मज्जाले चिन्छु रे । खै को होलिन् ?, फेरी रुखो बोलेपछि समस्या पर्ने पो हो कि ? रामै्रसंग कुरा सकें तर पनि चिनिन । उनले सोच्ने दुई दिनको समय दिएकी छिन्, हेरौ याद आई पो हाल्छ कि ? फेरी फेसबुकमै पुगे । आहा उनको म्यासेज, ‘मलाई बिर्सीसकेको, सो स्याड ।’ पर्सीपल्ट म आफै कल गरे उनलाई, ‘मैले चिन्न सकिन है ।’ तर यसपाली भने उनैले चिनाइन् । सानै छदा एउटा जिल्लास्तरीय वाद विवाद प्रतीयोगीतामा म प्रथम भएको थिएँ । सेकेण्ड हुने चाहि उनी रे । मलाई कता कता याद आए झै लाग्न थाल्यो, उसवेला एक युवतीसँग नम्बर आदान प्रदान भएको थियो । उनको नम्बर पनि हराईसकेको थिए । फेरी त्यस्ता प्रतियोगीतामा कति भेटीए कति । सबैलाई सम्झन कहाँ सकिन्छ र ? तर पनि उनले मलाई याद गरेकी । नाकका दुबै टुप्पाहरुले आकार बढाए, ‘मलाई पनि याद गर्ने केटी रहेछ त ।’ ऐनामा अनुहार नियाल्न पुग्छ, ‘म साच्चिकै हेन्डसम पनि त छु नि ।’ जीवनमा पहिलो पटक आफु ‘हेण्डसम’ भएको स्वघोषणा गरें । उनको अनुहार कता कता सम्झन खोज्छु, तर याद आउदैन । आखीर त्यो सात आठ बर्ष अघिको न कुरा पर्‍यो । फेसबुकमा लगअन हुन्छु, एउटा म्यासेज उनकै । कस्तो अचम्म दुवैको नाम एउटै विमला नै । कतै केटी पनि एउटै त परीन । अनुहार नियाल्छु, एउटै झै पनि लाग्यो । उनको फोटोले मलाई बच्चाको विमलाको याद दिलाई दियो । फेरी मोवाईल लिए, उनकै नम्बरमा रिडायल भयो । आखिर उनी नै रहीछिन् । ‘यती राम्री केटीले मलाई याद गरीरहेकी’ मलाई पत्याउनै गाह्रो भयो । कता कता आफ्नै भाग्य खुले झै पनि लाग्यो । उनी यति राम्री थिईन् की केही दिनमै म्युचल प|mेण्डहरुको संख्या हृवात्तै बढ्यो । फेसबुकमै मेरो प्रोफाईल हेरेर थाहा पाएकी हुन् रे उनले मेरो नम्बर । जे होस्, घरमा नेट जोडेको फाइदा बल्ल्ा मिल्यो मलाई । यती राम्री युवतीसंगको भेट जुर्‍याईदिएकोमा फेसबुक प्रति निकै धन्य थिए म ।
अर्को दिन फेरी उनकै कल । रातको समय अलिकती गफ भयो । तर कल समरी २३ मिनट ५४ सेकेन्ड । आफूलाई खासै बोलेजस्तो त लाग्दैनथ्यो । कतै म उसको गफमा रमाउन त थालिन । उफ् लामो कुरा गरिएछ । सुत्नु अघि मोवाइल स्विच अफ गर्न खोजेँ । ‘गुड नाइट, ह्याभ अ स्विट डि्रम’ मेसेज डेलिभर भयो । तत्कालै प्रतिकृया पनि, ‘गुड नाइट डिउड, सि यु इन डि्रम’ निदाउन खोजेँ । तर सकिन, खै मेरो मनलाई के भा’को हो म आफै ठम्याउनै सकिन । जे हुन्छ, राम्रैको लागि हुन्छ । यसैगरी फोन र मेजेजका आदानप्रदान सामान्य हुन थाल्यो । एकपटक उनले अनलाइनमा भेट्ने प्रस्ताव राखिन् । रातको १२ बजेको थियो, तैपनि म तयार । गफगाफ सुरु भयो ।
चार बज्दा पनि मलाई निद्रा परेन, च्याटमै रमेकालेे । सायद अझ बढी हुन्थ्यो होला । धन्न लोडसेडिङ हाम्रो गफलाई छोट्यायो । खै साँच्चै हो कि मजाक उनले मलाई हट गाय भनिन् । म तत्कालै मख्ख परेँ, पहिलोपटक कुनै केटीको प्रशंसा । मेरो जवाफको पालो, ‘यु आर अल्सो नट लेस बिउटीफुल’ । साच्चै फोटोमा पनि त उनी राम्री थिइन्, फोटो मिक्सिङ नभएको भए । च्याटिङकै क्रममा उनले फन्टको रंग कालोबाट रातोमा लगिन् । ‘डु यु ह्याभ गर्लफेन्ड ?’ ‘या, केही दिनअघिसम्म’ मैले जवाफ फर्काएँ । ‘अनि ? अहिले के भयो त ।’ उनको जिज्ञासा बढदो थियो । ‘लेट्स नट टक मोर अबाउट इट’ नानीले कुरा बुझिछन् । ओ सरी भनिहालिन् । कुराकानीमा पछिपछि त यही बिषय हावी हुन थाल्यो । कहीलेकाहीँ त ननभेज गफ पनि हुन्थ्यो । दिनहुँ १-२ घण्टा गफिनु हाम्रो दैनिक तालिकाजस्तै भइसकेको थियो । धन्न हो टेलिकम राती १० बजेपछी आफ्नो दरमा बिशेष छुट दिएको छ । म्ाहिनादिन नाघिसकेपछि अचानक एकदिन उनको प्रस्ताव, भेट्ने रे । कसरी ? हामीले त फोटोमा मात्र देखेका छौँ । हामीबिचको घनिष्टताले गर्दा पहिलेको उक्त फोटो झुटो रहेको उनले स्विकारीन् । म ब्राउन स्कर्टमा हुन्छु, सेतो टिसर्ट, जाभा अघि ल । उनले चिनाउन खोजिन् । मेरो हातमा ‘दा भिन्ची कोड’ हुनेछ ल ? ख्याल गर्नु नि । ‘तर मलाई देखेर नभाग्नु नि है ‘ उनले भनिन् । ‘के तिमीलाई मप्रति बिश्वास छैन ?’ आम केटाहरुको शैली समात्न खोजे ।
आज उनलाई भेट्न जाने । म सबेरै उठेर सैलुन गई चिटिक्क परेँ । नानाथरी अत्तर शरिरभर स्प्रे गरेँ । तर एउटा मनले सोच्यो ‘कतै ऊ सोचेजति राम्री नभए ?’ म समयभन्दा आधाघण्टा अघि नै त्यहाँ पुगेँ । मेरो हातमा ‘दा भिन्ची कोड’ पनि थिएन । म जाभा को केही पर नचिनिने तरिकाले बसेँ । केहीबेरमा उनी आइन् । आखिर त्यही भयो जसको मलाई डर थियो । म खुरुखुरु आफ्नो बाटो लागेँ । मैले शरिरलाई पो प्रेम गरेको रहेछु, मनलाई होइन । मनमनै धिक्कारें । अचानक उसको फोन आयो । सायद केही घण्टी पछि उनको कानमा म व्यस्त भएको खबर पुग्यो होला ।
ramkalee1@gmail.com

Post a Comment

0 Comments