सुन्नुहोला दिदिबहिनि सुन्नुहोला दाजु।
सुन्नुहोला बाबु आमा सुन्नुहोला भाउजु।
सारंगिको धुनमा मैले एउटा गित गाउछु।
धन कमाउने सपना बोकि परदेशतिर गए।
नानाथरी सास्ति हजुर धेरै दुख: पाए ।
न समएमा खाना छ नि न समएमा सुत्न।
भाले बास्न पाको छैन परिहाल्छ उठ्न।
थोत्रा थोत्रा प्लास्टिकमा खाना पोका पार्दै।
जान्ंछन काम गर्न आसु झार्दै झार्दै।
कोहि गर्छन नाली सफ़ा घर बनाउने काम।
महिना भरी काम गर्यो पाउदैनन दाम।
साहुको रिण तिर्या छैन चिनंतामा परी।
छाती ठोक्दै रुनंछन आमा उनि घरीघरी।
साहुले घर घेर्या होला भैसी फ़ुकाईदियोकि।
बाबुआमाको शिर हजुर तेसै झुकाईदियोकी।
दशै तिहार आको छ खाको छन कि भोका छन।
दिन दिनै परिबार सम्झि धरधरी रोका छ्न।
पैसा पैसा भनी भाउजु नलाउनु है मुख।
पर्देश जाने मुग्लानिलाई हुदैन है सुख।
सब परदेशि भंछन भाउजु मिलिजुलि बस्नु।
बाचे धन कमाई ल्याउला मरे आउला अस्तु।
लाल सधासन्खर
बाग्लुङ अमरभुमी भुस्कात
हाल अबु धाबी
सुन्नुहोला बाबु आमा सुन्नुहोला भाउजु।
सारंगिको धुनमा मैले एउटा गित गाउछु।
धन कमाउने सपना बोकि परदेशतिर गए।
नानाथरी सास्ति हजुर धेरै दुख: पाए ।
न समएमा खाना छ नि न समएमा सुत्न।
भाले बास्न पाको छैन परिहाल्छ उठ्न।
थोत्रा थोत्रा प्लास्टिकमा खाना पोका पार्दै।
जान्ंछन काम गर्न आसु झार्दै झार्दै।
कोहि गर्छन नाली सफ़ा घर बनाउने काम।
महिना भरी काम गर्यो पाउदैनन दाम।
साहुको रिण तिर्या छैन चिनंतामा परी।
छाती ठोक्दै रुनंछन आमा उनि घरीघरी।
साहुले घर घेर्या होला भैसी फ़ुकाईदियोकि।
बाबुआमाको शिर हजुर तेसै झुकाईदियोकी।
दशै तिहार आको छ खाको छन कि भोका छन।
दिन दिनै परिबार सम्झि धरधरी रोका छ्न।
पैसा पैसा भनी भाउजु नलाउनु है मुख।
पर्देश जाने मुग्लानिलाई हुदैन है सुख।
सब परदेशि भंछन भाउजु मिलिजुलि बस्नु।
बाचे धन कमाई ल्याउला मरे आउला अस्तु।
लाल सधासन्खर
बाग्लुङ अमरभुमी भुस्कात
हाल अबु धाबी
1 Comments
ohhhhhhhhhhhhh
ReplyDelete